प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत
गण्डकी । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न नवाँै महाधिवेशबाट बस्नेत पुनःअध्यक्षमा निर्वाचित भएका हुन् ।
आगामी तीन वर्षे कार्यकाल रहेको सो अधिवेशनबाट उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । उक्त कमिटीको महासचिवमा हिरामान लामा र उपमहासचिवमा राजु सुवेदी र शुरोजङ्ग पाण्डे छानिएका छन् ।
सचिव पदमा प्रदेश नं १ को सचिवमा विक्रम लुइँटेल, मधेस प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदूरपश्चिमबाट लोकसरी कुँवर चयन भएका हुन् ।
प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । अधिवेशनले कूल १५१ सदस्यीय कमिटी गठन गरेको हो । त्यसैगरी १४ सदस्यीय अनुशासन आयोज, १७ सदस्यीय निर्वाचन आयोग र १५ सदस्यीय लेखा आयोग सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिका संयोजक रघु मैनालीले जानकारी दिए ।
फागुन २७ र २८ गते दुईदिने अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया