कर्णालीलाई संघीय मन्त्री नदिएको गुनासो
कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सङ्घ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गरेका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने दृष्टिकोण आज पनि सकारात्मक नभएको जिकिर गरे । ‘कर्णालीबाट अनुभव बटुलेका नेताले जितेर गएका छन्’ उनले भने, ‘तथापि मङ्गलबार विस्तार भएको सङ्घ सरकारको मन्त्रिपरिषद्मा कर्णाली अट्न सकेन ।’
कर्णालीको मुख्यमन्त्रीसमेत भइसकेका नेता शाहीले नकारात्मक व्यवहार गरिएको भन्दै केन्द्रीय नेतृत्वप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘केन्द्रले अहिले देखाएको व्यवहार हामीले साझा चिन्तन र एकमत भएर हिँड्न नसकेको परिणाम हो ।’ कर्णालीको प्रतिपक्ष गरिबी, रोग र अशिक्षा भएको उल्लेख गर्दै उनले सबै मिलेर कर्णाली निर्माणको अभियानमा हातेमालो गर्ने उदाहरणीय व्यवहार देखाउन सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गरे ।
ताजा अपडेट
-
नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै
-
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
-
दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम
-
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ
-
मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा


प्रतिक्रिया