विश्वप्रकाशको संसदमा पहिलो सम्बोधन : दुर्घटनाबाट संसदलाई बचाउन विपक्षीको सभामुख आवश्यक
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभालाई दुर्घटनाबाट बचाउन कांग्रेसको उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।
निर्वाचित भएपछि पहिलो पटक संसदलाई सम्बोधन गरेका शर्माले अघिल्लो पटकको घटनाबाट पाठ सिकेर शक्ति सन्तुलन कायम राख्न विपक्षी उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका हुन् । संसदीय इतिहासमा प्रधानमन्त्रीको निर्वाचनमा विपक्षी दलले विश्वासको मत दिएर नयाँ प्रयोग गरेको धारणा राखे ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले कुनै ढोक्सा नथापेको स्पष्टिकरण दिँदै बरु एमालेले प्रधानमन्त्रीलाई पिँजडामा कैद बनाउन खोजेको आरोप लगाए ।
‘म पहिलो पटक संसदको रोष्टमा उभिएर सम्बोधन गर्दै भन्न चाहन्छु सम्मानीय प्रधानमन्त्रीलाई विश्वासको मत दिएर माछा पार्न कुनै ढोक्सा थापेको छैन’, उनले भने, ‘अघिल्लो पटकको अनुभवबाट पाठ सिक्दै संसदलाई दुर्घटनाबाट बचाउन विपक्षी उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु ।’
कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपाने शालिन, अनुभवी र देशको भूगोल बुझेकाले सभामुखको लागि उनी योग्य रहेको जिकिर गरे ।
यस्ता छन् शर्माको नजरमा प्रस्तावित सभामुख न्यौपाने :
न्यौपाने शालिन, सुयोग्य, अनुभवी संविधानसभा सदस्य, संसदमा सचेतको भूमिका निर्वाह गरेको र देशको भूगोल बुझेको ।
प्रधानमन्त्रीलाई विपक्षीले विश्वासको मत दिएकाले सभामुखमा प्रतिपक्षको उम्मेदवार विजयी हुँदा संसदको गरिमा बढ्नेछ ।
संसदमा कांग्रेस सबैभन्दा ठूलो भएकाले शक्ति सन्तुलनका लागि योग्य
अघिल्लो अनुभवबाट पाठ सिक्दै दुर्घटनाबाट संसदलाई बचाउन विपक्षीले सभामुख पाउनुपर्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया