११ अर्ब ६७ करोड बराबरको धितोपत्र निष्काशनका लागि अनुमति
काठमाडाैं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ११ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले ३ अर्ब ८० करोड बराबरको डिबेन्चर, ३ अर्ब बराबरको म्युचुअल फण्ड, २ अर्ब ८४ करोड बराबरको साधारण शेयर र २ अर्ब ३ करोड बराबरको हकप्रद शेयर गरी कुल ११ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको हो ।
समिक्षा अवधिमा धितोपत्र बजार पुँजीकरण ३९ खर्ब ५९ अर्ब ६५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा बजार पुँजीकरण ३४ खर्ब ६ अर्ब १७ करोड रहेको थियो ।
माघसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२६ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।
गत वर्षको सोही अवधिमा सूचीकृत कम्पनीहरूको संख्या २१६ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६५.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.८ प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.५ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.७ प्रतिशत रहेको छ ।
माघसम्ममा सूचीकृत ६ अर्ब ५६ करोड शेयरको चुक्ता मूल्य ६४६ अर्ब ८४ करोड रहेको छ । आर्थिक वर्ष २०७८/७९ को सात महिनासम्ममा ४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, १५ अर्ब ८६ करोड बराबरको साधारण शेयर, १० अर्ब ९६ करोड बराबरको बोनस शेयर, ९ अर्ब १८ करोड बराबरको हकप्रद शेयर ३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल ८५ अर्ब ९१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया