उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगरले दिइन् उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद इन्दिरा राना मगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराएकी छन् ।
उनको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहेकी छन् छ भने समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन छन् ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि माघ ७ गते दिउँसो १ बजे गर्ने गरी सङ्घीय संसद् सचिवालयले बिहीबार निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरेको थियो ।
सूचनाअनुसार प्रतिनिधिसभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने समय आज माघ ६ गते दिउँसो १ देखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ ।
आजै अपराह्न ४ः१५ बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ । यही माघ ७ गते प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, उम्मेदवारीको सूचनामाथिको सङ्क्षिप्त छलफल हुने तथा दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया