अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु
टोकियो । जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ । उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरु चार जना जलेर घाइते भएका छन् ।
त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्निनियन्त्रकहरु आएका थिए ।
जापानी समाचार समिति क्योडोले दिएको जानकारीअनुसार अग्निनियन्त्रकले सो आगलागी भएको स्थानबाट चार जनाको शव निकालेको र अरु चार जनालाई अस्पताल पु¥याएको छ । उनीहरु अचेत अवस्थामा रहेका र उपचार जारी रहेको बताइएको छ ।
सो अपार्टमेन्ट रहेको भवनको दोस्रो तल्लासमम्म आगो सल्किएपछि त्यसले भवनमै असर गरेको बताइएको छ ।आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया