मोरङमा कांग्रेसको चुनावी अभियान सुरु
मोरङ । नेपाली कांग्रेसको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान मोरङमा विराटनगर–८ स्थित भगवतीथानबाट सुरु भएको छ ।
सो अभियानका मोरङ संयोजक पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र अर्का सदस्य डा. डिला सङ्ग्रौलाले आइतबार यहाँ आयोजित कार्यक्रममा अभियान अन्र्तगत जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाका सम्बन्धमा सुझाव सङ्कलन गरी समाधानको पहल गर्ने बताए ।
उनीहरूले जनतलाई लोकतन्त्र, संविधानको रक्षा, मुलुकको समृद्धि र जनताको जीवनस्तर उकास्न पार्टी वर्तमान सरकारमा गएको जानकारी गराइने बताए ।
उनीहरूले स्थानीय तह एवं टोलटोलबाट आएको सुझावका आधारमा स्थानीय निर्वाचनमा गठबन्धन सम्बन्धमा निर्णय गरिनेसमेत बताए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया