मोरङमा कांग्रेसको चुनावी अभियान सुरु

मोरङ । नेपाली कांग्रेसको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान मोरङमा विराटनगर–८ स्थित भगवतीथानबाट सुरु भएको छ ।
सो अभियानका मोरङ संयोजक पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र अर्का सदस्य डा. डिला सङ्ग्रौलाले आइतबार यहाँ आयोजित कार्यक्रममा अभियान अन्र्तगत जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाका सम्बन्धमा सुझाव सङ्कलन गरी समाधानको पहल गर्ने बताए ।
उनीहरूले जनतलाई लोकतन्त्र, संविधानको रक्षा, मुलुकको समृद्धि र जनताको जीवनस्तर उकास्न पार्टी वर्तमान सरकारमा गएको जानकारी गराइने बताए ।
उनीहरूले स्थानीय तह एवं टोलटोलबाट आएको सुझावका आधारमा स्थानीय निर्वाचनमा गठबन्धन सम्बन्धमा निर्णय गरिनेसमेत बताए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया