किन खाने चिया सिड ?
काठमाडौं । अहिले धेरै मानिस चिया सिडकाे खाने गर्छन् । चिया सिडमा हुने फाइबर, प्रोटिन, क्याल्सियम, म्यांगनीज, ओमेगा ३ फ्याटी एसिड, फस्फोरस र एन्टिअक्सिडेन्टले प्रजनन शक्ति बढाउनेदेखि, तौल घटाउनसम्म मद्त गर्छ । यसले पाचन र हड्डीसम्बन्धी समस्या हुनबाट समेत जाेगाउँछ । यसको नियमित सेवनले कोलेस्ट्रोलको मात्रासमेत नियन्त्रण हुन्छ
के गर्छ चिया सिडले ?
प्रजनन शक्तिमा वृद्धि
तनावको सबैभन्दा बढी असर प्रजनन क्षमतामा पर्छ। चिया सिडले प्रजनन शक्ति बढाउन सहयोग गर्नुका साथै आवश्यक पर्ने फ्याटी एसिड प्रदान गर्छ ।
तौल घटाउन मद्त
चिया सिडमा फाइबर र प्रोटिन भरपूर हुन्छ। यसको प्रयोगले पाचन प्रणालीलाई स्वस्थ राख्न र छिट्टै तौल घटाउन मद्दत गर्छ। यसका साथै यसले अपच, कब्जियत र ग्यासको समस्यामा पनि राहत दिन्छ।
छाला र कपालको लागि यसकाे प्रयाेग
यसमा प्रोटिन र म्याग्नेसियम प्रसस्त्र मात्रामा हुने भएकाले यो छाला तथा कपालको लागि पनि फाइदाजनक छ । यसले छालालाई चम्किलो र दागरहित बनाउनुका साथै कपाल नरम बनाउँछ ।
राम्रो निन्द्रका लागि चिया सिड
यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त हुने भएकाले चिन्ता, तनाव र अनिद्राको समस्यालाई कम गर्छ। उच्च रक्तचाप भएकामा पनि यसको प्रयोगले फलदायी मानिन्छ ।
शरीर स्वस्थ राख्न
यसमा शरीरलाई आवश्यक पर्ने प्रोटिनको मात्रा धेरै हुनाले यसको प्रयोगले शरीर स्वस्थ हुन्छ । हड्डीसँग सम्बन्धित धेरै रोगसमेत चिया सिडले कम गर्छ । यसमा क्याल्सियम र फस्फोरस पाइन्छ, जसले हड्डी बलियो बनाउन सहयोग गर्छ। यसलाई स्मूदी वा फलफूलसँग मिलाएर खान सकिन्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया