‘कश्मिर फाइल्स’ फिल्म हेर्न प्रहरीलाई बिदा
काठमाडौं । मध्य प्रदेश सरकारले हालै रिलिज भएको ‘कश्मिर फाइल्स’ फिल्म हेर्न प्रहरी कर्मचारीलाई बिदा दिने बताएको छ । फिल्मले मनोरञ्जन कर पनि तिर्न नपर्ने गरी छुट दिएको छ । आइतबार मुख्यमन्त्री शिवराज सिंह चौहानले यसबारे निर्णय गरेका थिए ।
सोमबार मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले मध्य प्रदेशका प्रहरीकर्मीलाई फिल्म कश्मिर फाइल्स हेर्न छुट्टी दिन डिजिपी सुधिर सक्सेनालाई निर्देशन दिएको बताएका थिए ।
फिल्म कश्मिर फाइल्स विवेक अग्निहोत्रीले निर्देशन गरेका छन् । फिल्म जी स्टुडियोले निर्माण गरेको हो । फिल्ममा पाकिस्तान समर्थित चरमपन्थीको तर्फबाट कश्मिरी पण्डितको हत्यालाई फिल्ममा देखाइएको छ । फिल्ममा अनुपम खेर, दर्शन कुमार, मिथुन चक्रवर्ती र पल्लवी जोशीले मुख्य भूमिका निर्वाह गरेका छन् ।
मध्य प्रदेशका मुख्यमन्त्री चौहानले आइतबार ट्वीट गर्दै भनेका थिए, ‘यो नब्बे दशकमा कश्मीरी हिन्दूहरूले भोगेको पीडा, संघर्ष र आघातको हृदयविदारक कथा हो ।’
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया