ब्ल्याकहेड्स हटाउने ४ घरेलु उपाय
काठमाडौं । छाला सफा र सुन्दर होस भन्ने चाहना सबैलाई हुन्छ । तर हाम्रो चाहनाका बावजुद पनि अनुहारमा विभिन्न कारणले कालो दागहरू देखापर्छन । यसैमध्ये एक हाे ब्ल्याकहेड्स। याे सबैको सामन्य समस्या हो । नाकमा प्रष्ट देखिने काला काला फोहरले अनुहारमा नै प्रभाव पारेको हुन्छ । ब्ल्याकहेड्स आउनुका धेरै कारण भएपनि एक हो अनुहारमा तेलको बढी हुनु ।
यस्ता छन् ब्ल्याकहेड्स हटाउने केही घरेलु उपायः
बेकिङ सोडा
बेकिङ सोडा यसको लागि प्रभावकारी मानिन्छ । बेकिङ सोडा र पानीको मिश्रण ब्ल्याकहेड्स भएको ठाउँमा राम्रोसँग लगाएर एकछिन राख्नुहोस् र पखाल्नुहोस । यसले अनुहारमा आउने चिल्लो तेलको मात्रा घटाउँछ ।
अण्डा
अण्डा कपाल र अनुहारको लागि राम्रो मानिन्छ । अण्डा सेतो भागलाई ब्ल्याकहेड्स भएको ठाउँमा लगाउनाले पनि ब्ल्याकहेड्स जान्छ र आउन पनि कम हुन्छ ।
नरिवलको तेल र चिनीको प्याक
नरिवलको तेल र चिनीको मिश्रणले ब्ल्याकहेड्स भएको ठाउँमा स्क्रब गर्नाले पनि यसको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसको सँगै नरिवलको तेलमा बेसारको मिश्रण पनि लगाउन सकिन्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया