कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनका लागि अन्य दलसँग छलफल गर्ने
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका सन्दर्भमा अन्य राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले निर्वाचनका लागि विपक्षी गठबन्धनमा रहेका दल तथा सत्ता गठबन्धनका अन्य राजनीतिक दलसँग छलफल एवं परामर्श गरेर अघि बढ्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बसेको बैठकले विपक्षी गठबन्धनमा रहेको नेकपा (एकीृकत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा तथा सत्तागठबन्धनमा आवद्ध अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।
प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय भएको जानकारी दिए । उनले पार्टीले राष्ट्रपति निर्वाचनका लागि आन्तरिक तयारी समेत गरिरहेको बताए । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका यही माघ २३ मा हुँदैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया