राज्य-निजी क्षेत्रबीचको सहकार्यले राम्रो रिजल्ट दिन सक्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो रिजल्ट दिनसक्ने बताएका छन् ।
पोखरीया नगरपालिका, पर्सामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नति गरिएको शल्य चिकित्सा कक्षको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो रिजल्ट दिन सक्छ ।’
राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउछ भन्ने कुरा आज उद्घाटन गरिएको यस अस्पतालले पनि स्पष्ट पार्ने कुरा उनले राखे ।
‘म मेयरज्यूलाई धन्यवाद पनि दिन चाहन्छु । यहाँहरुले निजी क्षेत्रसँग सहकार्य गरेर आज यहाँ यो अस्पतालको स्तरोन्नति गर्न सफल हुनुभएको छ । यसले यो अस्पताल बन्ने र यहाँका स्थानीयलाई सहज स्वास्थ्य सेवामा पहुच पुग्ने मात्र संकेत गर्दैन । राज्य र निजी क्षेत्रबीचको राम्रो सहकार्यको पनि सुरुवातको संकेत गरेको छ,’ उनले भने ।
उनले निजी क्षेत्रलाई राज्यले सहजीकरण मात्र गर्ने हो भने यसले छोटो समयमा धेरै राम्रा काम गर्न सक्ने बताए । ‘निजी क्षेत्रले पूर्वाधार निर्माण तथा रोजगारी सृजना गर्ने जुन सुकै काम पनि निजी क्षेत्रले सहज र छिटो गर्न सक्छ । यसलाई राज्यले सहजीकरण मात्र गरे पुग्छ,’ उनले भने ।
निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको बताए । कोभिडको समयमा नेपालको निजी क्षेत्रले खेलेको भूमिकाले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व थप स्पष्ट पारेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा राज्यको होस्टेमा हैसे गर्दै निजी क्षेत्रले आइसोलेसन सेन्टर निर्माण, अक्सिजन प्लान्ट हस्तान्तरणदेखि आफ्ना हस्पिटल, होटल, स्कूल, कलेज र उद्योग कलकारखाना तत्काल सरकारलाई सुम्पेको स्मरण गराए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया