निक्षेपको ब्याज छ प्रतिशत कायम गर्न माग
विराटनगर । चर्को ब्याजदरविरुद्ध मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल नेतृत्वको टोलीले विराटनगर राष्ट्र बैंक आगाडि आज धर्ना दिएको छ ।
उक्त संघलगायत सुनसरी औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले हाल मुलुकमा तरलताको अभाव न्यूनीकरणका लागि बैंकको चर्को ब्याजवृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याजदर छ प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।
सरकारले अहिलेसम्म पूँजीगत खर्च २० देखि ३० प्रतिशतसम्म मात्र हुनु सरकारको निरिहपन देखिएको, कूल निक्षेपको रु १८ अर्ब जति संस्थागत निक्षेप रहेको र बैंकको ब्याजदर वृद्धि भई ११ प्रतिशत पुग्नाका साथै अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति सिर्जना हुने उद्योगी एवं व्यापारीको भनाइ थियो ।
सरकारले समयमा नै अहिलेको अवस्थाप्रति सचेत हुनपर्ने संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताए । अर्का व्यवसायी पवनकुमार सारडाले तरलताको अभावसँगै बैंकको ब्याज वृद्धिले समग्र अर्थतन्त्र शिथिल हुन पुग्नु देशको लागि राम्रो होइन भने ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया