राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले उम्मेदवारी नदिने, अर्याललाई समर्थन
काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय समितिको बैठकले आफूले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सत्तागठबन्धनले अर्याललाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । अर्यालले दिउँसो आफ्नो उम्मेदवारी दर्ता गराउँदै छिन् । उनी गत वर्ष भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित भएकी थिइन् ।
राष्ट्रियसभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सोमबार निर्वाचन हुनेछ । विपक्षीलेसमेत समर्थन गरेपछि अर्याल सर्वसम्मत उम्मेदवार भएकी छिन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया