राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले उम्मेदवारी नदिने, अर्याललाई समर्थन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय समितिको बैठकले आफूले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सत्तागठबन्धनले अर्याललाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । अर्यालले दिउँसो आफ्नो उम्मेदवारी दर्ता गराउँदै छिन् । उनी गत वर्ष भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित भएकी थिइन् ।
राष्ट्रियसभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सोमबार निर्वाचन हुनेछ । विपक्षीलेसमेत समर्थन गरेपछि अर्याल सर्वसम्मत उम्मेदवार भएकी छिन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया