फ्याटी लिभरकाे समस्या हुँदा के खाने ?
एजेन्सी । कलेजो हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यसको सुरक्षा नगर्दा कलेजोमा विभिन्न समस्या देखापर्छन् । जसले हामीलाई गम्भीर रोगको मुखमासमेत पुर्याउने गर्छ ।
कलेजोमा अतिरिक्त बाेसाे जम्मा हुँदा फ्याटी लिभरको समस्या हुन्छ । कलेजो सुरक्षित राख्न जीवनशैली परिवर्तन गर्न जरुरी छ । कलेजोको हेरचाह गर्ने हो भने प्रधोधित खानेकुरामा ब्रेक लगाउन अत्यावश्यक छ । प्रशोधित खानेकुरामा बाेसाे धेरै हुन्छ ।
जसले कलेजोलाई सुन्नाउँछ । त्यसै गरी कलेजोको लागि मदिरा हानिकारक छ । मदिरा पिउँदा फ्याटी लिभरको समस्या पनि बढ्छ । यसको उपचार सहि समयमा गरिएन भने झन बिकारल समस्या निम्त्याउँछ ।
फ्याटी लिभरकाे समस्या हुँदा के खाने ?
ग्रीन टी
फ्याटी लिभरका लागि ग्रीन टीले फाइदा गर्छ । यसको सेवनले यो समस्या कम हुन्छ । नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनमा प्रकाशित अनुसन्धानले नन अल्कोहल फ्याटी एसिडको समस्यालाई कम गर्न ग्रीन टीको सेवन लाभदायक हुने बताएको छ।
पोलिफेनोलिक क्याटेचिनमा समृद्ध ग्रीन टीमा हाइपोलिपिडेमिक, थर्मोजेनिक, एन्टिअक्सिडेन्ट र एन्टीइन्फ्लेमेटरी प्रभावहरू छन्। यसमा हेपाटोप्रोटेक्टिभ अर्थात् कलेजोको सुरक्षा गर्ने गुण पनि हुन्छ । दिनमा एक वा दुई पटकभन्दा बढी ग्रीन टी पिउनु हुँदैन ।
दुधबेसार
कलेजोसम्बन्धी रोगबाट बच्न बेसारको सेवन लाभदायक हुन्छ । बेसार र दूधको मिश्रण कलेजोका लागि लाभदायिक मानिन्छ ।
बेसारमा पाइने कर्क्युमिनले नन अल्कोहोलिक फ्याटी लिभरको समस्यालाई केही हदसम्म कम गर्छ। फ्याटी कलेजोको औषधिसँगै यो घरेलु उपाय चिकित्सकको सल्लाहमा प्रयोग गर्न सकिन्छ।
त्रिफला चूर्ण
आयुर्वेदमा त्रिफला चूर्णका धेरै फाइदाहरू उल्लेख गरिएको छ। अमला, बिभिताकी र हरिताकीलाई पिसेर त्रिफला धूलो बनाइन्छ। कब्जियतको समस्यामा त्रिफला धुलो मनतातो पानीमा मिसाएर सेवन गर्दा फाइदा हुन्छ । त्रिफलाको सेवन कलेजोको समस्यामा पनि फाइदाजनक हुन्छ किनभने यसको सेवनले पाचन इन्जाइम सक्रिय हुन्छ र कलेजोबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया