गगनलाई भ्याइनभ्याइ : विराटनगरदेखि जनकपुर हेलिकोप्टरमा, खर्च कसको ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अहिले भ्याइनभ्याइ छ । उनीसहितको टोली चुनावी अभियानमा लागेका छन् ।
बैशाख ३० मा हुन लागेको स्थानीय चुनावमा लागि ‘घरघर जाउँ कांग्रेस जिताउँ’ अभियानअन्तर्गत महामन्त्री थापा, युवा नेता भूपेन्द्रजंग शाहीसहितको टोली खटिरहेको छ ।
यो अभियानमा महामन्त्री थापा फागुन २७ गतेदेखि छन् । नेता शाही भने फागुन २० गतेदेखि नै खटिरहेका छन् ।
आफू २० गते गृह जिल्ला कालीकोटबाट निस्किएर करिब १२ दिनपछि पुन आज सोही स्थानमा फर्किएको उनले नेपालवाचलाई बताए ।
महामन्त्री थापा फागुन २७ गते काठमाडौंबाट हेलिकोप्टर चढेर विराटनगरको कार्यक्रममा सहभागी भएका थिए । त्यसमा नेता शाही पनि सहभागी थिए । त्यसपछि उनीहरू विरानगरबाट हेलिकोप्टरमै जनकपुर गए । करिब २६० किलोमिटर नजिकमात्र रहेको जनकपुरमा पनि हेलिकोप्टरमै पुगे। जसको सडकमार्गको दूरी करिब ३–४ घण्टाको मात्रै छ ।
‘यति छोटो दूरीमा पनि हेलिकोप्टर चढ्ने खर्च कसले जुरायो ?’, नेता शाहीलाई नेपालवाचले प्रश्न गर्यो ।
आयोजकले खर्च जुटाएकाले आफूहरू हेलिकोप्टरमा गएको तर जनकपुरपछि भने जहाज र गाडीको प्रयोग गरेर देश दौडाहामा लागेको उनले जवाफ दिए ।
उनका अनुसार कांग्रेसकै जिल्ला र स्थानीय समितिले हेलिकोप्टरको खर्च धानेका हुन् ।
महामन्त्री थापा अर्घाखाँची, सुर्खेत र बाँकेलगायतका ठाउँको अभियानमा सहभागी भएका थिए ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया