गगनलाई भ्याइनभ्याइ : विराटनगरदेखि जनकपुर हेलिकोप्टरमा, खर्च कसको ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अहिले भ्याइनभ्याइ छ । उनीसहितको टोली चुनावी अभियानमा लागेका छन् ।
बैशाख ३० मा हुन लागेको स्थानीय चुनावमा लागि ‘घरघर जाउँ कांग्रेस जिताउँ’ अभियानअन्तर्गत महामन्त्री थापा, युवा नेता भूपेन्द्रजंग शाहीसहितको टोली खटिरहेको छ ।
यो अभियानमा महामन्त्री थापा फागुन २७ गतेदेखि छन् । नेता शाही भने फागुन २० गतेदेखि नै खटिरहेका छन् ।
आफू २० गते गृह जिल्ला कालीकोटबाट निस्किएर करिब १२ दिनपछि पुन आज सोही स्थानमा फर्किएको उनले नेपालवाचलाई बताए ।
महामन्त्री थापा फागुन २७ गते काठमाडौंबाट हेलिकोप्टर चढेर विराटनगरको कार्यक्रममा सहभागी भएका थिए । त्यसमा नेता शाही पनि सहभागी थिए । त्यसपछि उनीहरू विरानगरबाट हेलिकोप्टरमै जनकपुर गए । करिब २६० किलोमिटर नजिकमात्र रहेको जनकपुरमा पनि हेलिकोप्टरमै पुगे। जसको सडकमार्गको दूरी करिब ३–४ घण्टाको मात्रै छ ।

‘यति छोटो दूरीमा पनि हेलिकोप्टर चढ्ने खर्च कसले जुरायो ?’, नेता शाहीलाई नेपालवाचले प्रश्न गर्यो ।
आयोजकले खर्च जुटाएकाले आफूहरू हेलिकोप्टरमा गएको तर जनकपुरपछि भने जहाज र गाडीको प्रयोग गरेर देश दौडाहामा लागेको उनले जवाफ दिए ।
उनका अनुसार कांग्रेसकै जिल्ला र स्थानीय समितिले हेलिकोप्टरको खर्च धानेका हुन् ।
महामन्त्री थापा अर्घाखाँची, सुर्खेत र बाँकेलगायतका ठाउँको अभियानमा सहभागी भएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया