८३ जनामा कोरोना संक्रमण, १३० कोरोनामुक्त
काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोरोना भाइरसको संक्रमण घट्दै गइरहेको छ । आज चार हजार सात सय ३४ जना पीसीआर परीक्षण गर्दा ५७ जना र तीन हजार १५० एन्टिजेन परीक्षण गर्दा २६ जना गरी कुल ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख ७८ हजार ४४ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या एक लाख ३९ हजार ९५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १३० जना कोरोनामुक्त भएकासँगै देशभर निको हुनेको संख्या ९ लाख ६१ हजार ३४८ जना पुगेको छ ।
मंगलबार कसैको पनि कोरोनाबाट मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९५० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ जना छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया