कुलपतित्रयले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
प्रधानमन्त्री दाहालले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गराएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले तीनै जनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
ताजा अपडेट
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
-
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
प्रतिक्रिया