जिब्रो सेतो भएमा के गर्ने ?
एजेन्सी । यदि तपाईको जिब्रो सेतो हुने समस्या छ भने दैनिक भिटामिन र पोषक तत्व भएको खानेकुरा खाने गर्नुहोस् ।
यसबाट बच्न स्वस्थ आहारमा जोड दिन जरुरी छ । खानामा हरियो सागसब्जी, फलफूललाई समावेश गर्नुपर्छ । जिब्रो सेतो हुने समस्या भएकाले सकेसम्म मुख सुख्खा राख्नु हुँदैन् । यस्तो समस्या भएका व्यक्तिले आफूले प्रयोग गर्ने दन्तमन्जमा पनि ध्यान दिनुपर्छ ।
सकेसम्म फ्लोराइडयुक्त टूथपेस्ट प्रयोग गर्नुहोस् ।
यस्ता समस्याबाट गुज्रिरहेका व्यक्तिले दिनमा दुई पटक दाँत माझ्नु पर्छ भने दैनिक दाँत फ्लस गर्नुपर्छ ।
घरेलु उपचार
केही घरेलु उपाय अपनाएर पनि सेतो जिब्रोको समस्याबाट छुटकारा पाउन सकिन्छ । यस्तो समस्या हुनेले मनतातो नुन पानीले कुल्ला गर्दा पनि हुन्छ । यसले मुखको क्याक्टेरिया हटाउँछ ।
नरिवलको तेलले कुल्ला गर्दासमेत यो समस्याबाट राहत मिल्छ । तेलले प्राकृतिक क्लिन्जरको रूपमा काम गर्छ ।
बेकिंग सोडामा थोरै पानी हालेर पेस्ट तयार गरेर जिब्रोलाई ब्रशमा लगाएर बिस्तारै सफा गर्दा पनि यसबाट छुटकारा पाउन सकिन्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया