अख्तियारद्वारा वडाध्यक्षसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी र सञ्जयकुमार पटेल तथा कार्यालय सहयोगी जीतेन्द्रकुमार कुर्मीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अभियुक्तहरूले घरबाटोलगायत अन्य सिफारिसबापतको राजस्व रकम हिनामिना गरेको आयोगको अनुसन्धानबाट प्रमाणित भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा बिगो रकमको दोब्बर जरिवाना हुनुपर्ने माग दाबीका साथ आरोपपत्र दायर गरिएको जनाइएको छ ।
आरोपीबाट रु एक लाख दुई हजार ५८५ असुलउपर गराउन आरोपपत्रमा माग गरिएको छ । त्यसैगरी, अनामिका रौनियारबाट रु एक लाख ३१ हजार ९० बिगो कायम गरी त्यति नै रकम जरिवाना गर्न तथा कैद सजायको माग गरिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया