भारतविरुद्धको एकदिवसीय सिरिजका लागि अष्ट्रेलियाली टिम घोषणा
काठमाडौं । आगामी मार्चमा हुन गइरहेको भारतविरुद्धको एकदिवसीय सिरिजका लागि अस्ट्रेलियाली क्रिकेट टिमको घोषणा भएको छ । फास्ट बलर प्याट कमिन्सले कप्तानको जिम्मेवारी पाएका छन् ।
बिहीबार घोषणा गरिएको १६ सदस्यीय टोलीमा घाइते अलराउन्डरत्रय ग्लेन म्याक्सवेल, मिचेल मार्स र झे रिचर्डसन फर्किएका छन् ।
टोलीका मुख्य चयनकर्ता जर्ज बेलीले यस वर्ष भारतमा हुने एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै यो शृङ्खलाले खेलाडीलाई धेरै अनुभव दिने बताएका छन् ।
भारतसँगको एकदिवसीय शृंखला १७ मार्चबाट सुरु भएर २२ मार्चसम्म चल्नेछ।
अष्ट्रेलियाको टोली ः प्याट कमिन्स (कप्तान), सिन एबोट, एस्टन अगर, एलेक्स क्यारी, क्यामरुन ग्रीन, ट्राभिस हेड, जोस इंग्लिस, मार्नस लाबुस्चेन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, झे रिचर्डसन, स्टीव स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया