युभेन्ट्स बाहिरियो, चेल्सी र भिल्लारियल क्वार्टरफाइनलमा
काठमाडौं । इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्स स्पेनिस क्लब भिल्लारियलसँग ३–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए । यसर्थ, युभेन्ट्स समग्रमा ४–१ को गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफमा दुवै टोली गोल गर्नबाट चुकेका थिए । तर दोस्रो हाफमा भिल्लारियलका खेलाडी चम्किए ।
भिल्लारियको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र अर्नाउड नान्जुमाले एक–एक गोल गरेका हुन् ।
गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब लिललाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।
चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र सिजर एज्पिलिक्वेटाले एक–एक गोल गरे भने लिलका बुराक यिल्मासले सान्त्यना गोल फर्काए ।
यी दुई टोली बीचको पहिलो लेग चेल्सीले २–० ले जितेको थियो । चेल्सी समग्रमा ४–१ गोल अन्तरले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया