मान्छेले किन खान्छ माटो ?
एजेन्सी । तपाईंले कहिलेकाँही आफ्नो वरपर धेरै मानिसहरूलाई चक, माटो, रबर र कागज चपाउँदै गरेको पक्कै देख्नु भएको होला । अथवा नदेखेको भए यो सुनेर तपाईलाई अचम्म लाग्यो होला । तर धेरै व्यक्तिलाई यस्तो खाने बानी हुन्छ ।
खासगरी बच्चा र गर्भवती महिलाले यो मन पराउँछन् । कुनै कुनै व्यक्तिमा माटो, चक खाने शौख पनि हुन्छ । चिकित्सकहरूका अनुसार चक, माटो, रबर, कागज जस्ता अखाद्य वस्तु खाने बानी ‘इटिंग डिसअर्डर’ सँग सम्बन्धित विषय हो । यस्तो समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ ।
कहिलेकाहीं यस्तो बानी नभएका मानिसहरूले पनि अचानक माटो खान थाल्छन् । किनकी कतिपय अवस्थामा दिमागले शरीरलाई यी खानेकुराहरू खान आदेश दिन्छ र मानिसहरूले केही सोचबिचार नै नगरी खान थाल्छन्। त्यसपछि उनीहरुमा बिस्तारै यो बानीको विकास हुँदै जान्छ ।
यसले व्यक्तिलाई भित्र भित्र गम्भीर रोगको सिकारसमेत बनाउन सक्ने चिकित्सक बताउँछन् । शरीरमा आइरनको कमीले गर्दा पनि मानिसहरू यस्ता चिज खान प्रेरित हुन्छन् । यसको सेवनले आइरनको कमी पूर्ति हुन्छ भन्न सोचले यस्ता कुरा खान मन लाग्ने विज्ञ बताउँछन् । यस्तो अवस्थामा मानिसले चाहेर पनि आफूलाई नियन्त्रण गर्न सक्दैनन् र माटो, कागज आदि खान थाल्छन् ।
धेरैलाई बिस्तारै यसको लत लाग्न थाल्छ । तर माटो खाने बानी खतरनाक हुन सक्छ । यसले पेटमा गम्भीर संक्रमण निम्याउँछ र विस्तारै तपाईको पाचन प्रणाली निष्क्रिय बनाउँछ । भारतीय डाइटिसियन कोमल सिंह यसबाट बच्ने सबैभन्दा राम्रो उपाय शरीरलाई सबै प्रकारका पोषक तत्व उपलब्ध गराइरहनु भएको बताउँछिन् ।
उनका अनुसार दैनिक आहारमा आइरनयुक्त खानेकुरामा जोड दिँदा यसबाट छुटकारा पाउन सकिन्छ । शरीरमा यस्तो पोषण पर्याप्त भएमा दिमागले शरीरलाई यी चिजहरू कहिल्यै खान दिँदैन। यस्तो समस्यामा चिकित्सको परामर्श र सल्लाहमा आइरन सप्लिमेन्ट पनि लिन सकिने उनी सुनाउँछिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया