हाइ किन आउँछ ?
एजेन्सी । मानिसहरु प्रायः थकित वा निद्रा लाग्दा हाई काढ्छन् । सामान्यतया हाइ काढनु सामान्य नै मानिन्छ । व्यक्तिले दिनमा ५ देखि १९ पटकसम्म हाइ गर्छ ।
तर अत्यधिक धेरै हाइ आउँछ भने कुनै रोगको पनि संकेत भएको हुन सक्छ । मेडिकल न्युज टुडेका अनुसार कुनै औषधिको साइडइफेक्टले पनि बारम्बार हाइ आउन सक्छ ।
कस्तो अवस्थामा लाग्छ हाइ ?
हाइ आउनुको एक कारण निश्चित समयभन्दा छिटो उठनु हो । यसले व्यक्तिलाई अल्छी बनाउँछ । जसले स्वत हाइ आउँछ । यसैगरी मेटाबोलिजमसँग सम्बन्धित समस्याले पनि अत्यधिक हाइ आउन सक्छ । यसैगरी रगतमा ग्लुकोजको मात्रा कम भएमा पनि हाइ आउँछ ।
बारम्बार हाइ अउँदा यसले मुटु रोगको लक्षणको संकेत गरेको पनि हुन सक्छ । एक अध्ययनका अनुसार मुटु र फोक्सोको रोग लागेमा मानिसले बारम्बार हाई काढ्छ । त्यसैले अत्याधिक हाइ आउँदा चिकित्सकलाई देखाउनु पर्छ । कलेजो बिग्रन थाल्दा पनि हाइ आउने गर्छ । अर्कोतर्फ थाइराइडको समस्या हुँदा पनि व्यक्तिले अत्यधिक हाइ काढ्छ ।
ताजा अपडेट
-
२०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने
-
ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’
-
जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन
-
कर्णाली करिडोरको यातायात ‘सिण्डिकेट’ तोड्न माग
-
नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम
प्रतिक्रिया