हाइ किन आउँछ ?
एजेन्सी । मानिसहरु प्रायः थकित वा निद्रा लाग्दा हाई काढ्छन् । सामान्यतया हाइ काढनु सामान्य नै मानिन्छ । व्यक्तिले दिनमा ५ देखि १९ पटकसम्म हाइ गर्छ ।
तर अत्यधिक धेरै हाइ आउँछ भने कुनै रोगको पनि संकेत भएको हुन सक्छ । मेडिकल न्युज टुडेका अनुसार कुनै औषधिको साइडइफेक्टले पनि बारम्बार हाइ आउन सक्छ ।
कस्तो अवस्थामा लाग्छ हाइ ?
हाइ आउनुको एक कारण निश्चित समयभन्दा छिटो उठनु हो । यसले व्यक्तिलाई अल्छी बनाउँछ । जसले स्वत हाइ आउँछ । यसैगरी मेटाबोलिजमसँग सम्बन्धित समस्याले पनि अत्यधिक हाइ आउन सक्छ । यसैगरी रगतमा ग्लुकोजको मात्रा कम भएमा पनि हाइ आउँछ ।
बारम्बार हाइ अउँदा यसले मुटु रोगको लक्षणको संकेत गरेको पनि हुन सक्छ । एक अध्ययनका अनुसार मुटु र फोक्सोको रोग लागेमा मानिसले बारम्बार हाई काढ्छ । त्यसैले अत्याधिक हाइ आउँदा चिकित्सकलाई देखाउनु पर्छ । कलेजो बिग्रन थाल्दा पनि हाइ आउने गर्छ । अर्कोतर्फ थाइराइडको समस्या हुँदा पनि व्यक्तिले अत्यधिक हाइ काढ्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया