सांसद सहनाज रहमानको हृदयघातबाट मृत्यु
काठमाडौं । सांसद सहनाज रहमानको हृदयघातबाट मृत्यु भएको छ ।
जनता समाजवादी पार्टी नेपालबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको आज निधन भएकाे हो ।
हृदयघात पछि उनलाई भक्तपुरको मध्यपुर अस्पतालमा भर्ना गरिएकाे थियाे । उपचारको क्रममा उनकाे निधन भएको जसपाले जनाएको छ ।
भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा सहभागी भइरहेका बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले आज मृत घोषणा गरेको हो ।
उनी जसपा केन्द्रिय सदस्यसमेत हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया