सांसद सहनाज रहमानको हृदयघातबाट मृत्यु

काठमाडौं । सांसद सहनाज रहमानको हृदयघातबाट मृत्यु भएको छ ।
जनता समाजवादी पार्टी नेपालबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको आज निधन भएकाे हो ।
हृदयघात पछि उनलाई भक्तपुरको मध्यपुर अस्पतालमा भर्ना गरिएकाे थियाे । उपचारको क्रममा उनकाे निधन भएको जसपाले जनाएको छ ।
भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा सहभागी भइरहेका बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले आज मृत घोषणा गरेको हो ।
उनी जसपा केन्द्रिय सदस्यसमेत हुन् ।
प्रतिक्रिया