किन स्थगित गरियो प्रतिनिधिसभा बैठक ?
काठमाडौं । आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको जानकारी दिएका छन् । फागुन २५ र चैत ३ मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी भएको र यसबीचमा सभामुखको विदेश भ्रमण रहेकाले दलहरूको सहमतिमै लामो समय बैठक स्थगित गरिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
प्रतिनिधिसभा बैठक स्थगित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि विश्वासको मत लिने भएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निणर्य गरिसकेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया