पाँचाैँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी
चितवन । पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग संघले स्थापना गरेको प्रदर्शनी केन्द्र (एस्क्पो सेन्टर) मा प्रदर्शनी हुन लागेको हो ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको मुख्य आकर्षक एशियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडिन नेपाल स्टल रहने संघका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनीमा १५० स्टल रहने छन् । २०७१ सालमा नारायणी नदी किनारबाट सुरु गरिएको यस प्रदर्शनी हरेक दुई/दुई वर्षमा गरिँदै आएको छ । प्रदर्शनीमा नेपालमा उत्पादित सबै यान्त्रीकरण, मेसिनरी सामग्री राखिनेछ । विश्वमा प्रचलनमा रहेका यन्त्रलाई समेत प्रदर्शनीमा राखिने र यसको प्रयोगका बारेमा समेत जानकारी दिईने उनले बताए ।
यसअघि कोहलपुर, धरानलगायतका जिल्लामा प्रदर्शनी गरिएको थियो । चितवनमा दोस्रो पटक प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । व्यावसायिकरुपमा कृषिजन्य उपकरणको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
यस प्रदर्शनीले व्यावसायिकरुपमा कृषि कर्म गर्दै आएका कृषि उद्यमीलाई सहयोग पुग्ने संघकी केन्द्रीय सदस्य सुनिता नोमाफुकीले बताइन् । यस प्रदर्शनीले सरकारलाई समयसापेक्ष नीति निर्माणमा समेत सहयोग पुग्ने उनले बताइन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया