ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्य
काठमाडौं । ओखलढुंगाबाट काठमाडौं तर्फ आउँदै गरेको बस दुर्घटना परेको छ ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बस सिन्धुलीकाे फिक्कल गाउँपालिकामा दुर्घटना भएको हो।
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो । बसमा २९ जना यात्रु भएकाे जनाइएकाे छ ।
घाइते भएकालाई खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया