आइरनको कमीले थकान, कमजोरी र डिप्रेसन हुने सम्भावना कति ?
एजेन्सी । शरीरमा प्रोटिन, क्याल्सियम, भिटामिन जति आवश्यक छ त्यति नै आइरन पनि जरुरी हुन्छ ।
शरीरमा आइरनको कमी हुँदा चिन्ता, तनाव, थकान र कमजोरी जस्ता समस्या भोग्नुपर्छ । एक अध्ययनमा आइरनको कमीले डिप्रेसनको जोखिम हुनसक्नेसमेत देखाएको छ ।
यसले शरीरमा रातो रक्त कोशिकाहरु कम बन्छ । जसले टाउको दुख्ने, रिंगटा लाग्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता समस्या निम्तिन्छ । शरीरमा आइरनको कमीले नै कपाल झर्ने समस्यासमेत सुरु हुन्छ । यसले छाला तथा नङ सेतो र सुख्खा हुँदै जान्छ । आइरन शरीरको लागि आवश्यक खनिज हो जुन प्राकृतिक रूपमा खानाहरूमा पाइन्छ ।
आइरनले अक्सिजन युक्त रगतलाई सम्पूर्ण शरीरमा प्रवाह गर्न मद्दत गर्दछ । यसको कमीले रक्तअल्पता तथा कुपोषण हुने गर्छ । भारत, एसिया र अफ्रिकाका अन्य देशका महिलामा आइरनको कमीको समस्या बढी देखिएको स्वास्थ्य विज्ञहरू बताउँछन् । यसले कमजोरी, थकान र धेरै गम्भीर रोगहरूको जोखिम बढाउने अवस्था मात्र होइन, यसले मानसिक स्वास्थ्यमा पनि असर गर्छ ।
आइरन कस्ता खानेकुरामा पाइन्छ ?
आइरन शाकाहारी र मांसाहारी दुवै खानेकुरामा पाइन्छ, रातो मासु, माछा फलफूल, हरियो सागसब्जी, फलफूल, डाइ फ्रुटको सेवनले शरीरमा आइरनको कमी हुन दिँदैन् । त्यस्तै दाल, गेडागुडी, च्याउ, चुकन्दर, आलु, भिटामिन सीयुक्त खानेकुरामा पनि प्रशस्त मात्रामा आइरन हुन्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया