‘कमब्याक’ जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा
काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युइएफए युरोपा लिग फुटबलको अन्तिम आठ अर्थात क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा टर्कीस क्लब गालातासारेलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले अन्तिम आठमा स्थान बनाइएको हो । समग्रमा २–१ को जितसहित बार्सिलोना अन्तिम आठमा पुगेको हो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोनाले गालातासारेसँग गोलरहित बराबरी खेलेको थियो ।
दोस्रो लेगको २८ औं मिनेटमा मार्कोस डोले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, सुरुवाती अग्रता जोगाउन नसक्दा गालातासारे पराजित हुन पुग्यो ।
पेड्री र पिएरे एमरिक अबामेयाङले एक–एक गर्दै बार्सिलोनाको कमब्याक जित सुनिश्चित गरे ।
सो क्रममा ३७ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा अबामेयाङले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया