कांग्रेस कार्यसम्पादन समिति बैठकले के–के गर्यो निर्णय ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
लामो समयपछि बसेको बैठक केहिबेर बसेर सकिएको थियो । प्रधानमन्त्री प्रचण्डले चैत ६ वा ७ गते विश्वासको मत लिने तयारी भएकाले तत्काल सरकारमा नजाने भएको हो ।
‘तत्काल सरकारमा जानेबारे बैठकले कुनै निर्णय गरेको छैन । प्रधानमन्त्रीजीले विश्वासको मतलिएपछि मात्र त्यसबारे छलफल हुनेछ । उहाँले ६ वा ७ गते विश्वासको मत लिँदै हुनुहुन्छ । त्यतिबेलासम्म कुर्नेछौं’, उनले भने ।
त्यस्तै बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा धन्यवाद तथा कार्यकाल सफलताका लागि शुभकामना दिएको छ । कांग्रेससहित १० दलको समर्थनमा पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
प्रवक्ता महतका अनुसार बैठकले चैन ३ मा हुने उपराष्ट्रपति निर्वाचन सम्बन्धमा छलफल भएको छ । गठबन्धनबाट जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । उनलाई चुनौती दिँदै सत्ता समर्थित दल जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी छिन् ।
चिनवन लगाय रिक्त स्थानमा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी दिने विषयमा छलफल गरेको छ । मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार आरोपमा पदमुक्त भएका छन् । चितवन–२ मा १० बैशाखमा उपनिर्वाचन हुँदैछ । तनहुँ–१ बाट निर्वाचित कांग्रेसका सांसद पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि स्वतः पदमुक्त भएका छन् ।
यसैगरी कांग्रेसले संघीय र प्रदेश सभा सदस्यहरूलाई उपराष्ट्रपति चुनावमा जसपाका यादवलाई मत दिन निर्देशनसमेत दिएको प्रवक्ता महतले जानकारी दिए।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया