यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुखसहित नौजना विरुद्ध आरोपपत्र दर्ता
काठमाडौं । यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन तत्कालीन निमिक्त कार्यालय प्रमुखसहित नौजना विरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता भएको छ ।
कार्यालय प्रमुख रहेका शाखा अधिकृत गोकुल शर्मा पौडेलसहित नौजनालाई सवारीचालक अनुमतिपत्र वितरण गर्दा अनियमिता गरेको आरोपमा आरोपपत्र दायर गरिएको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
आरोपितमा नौजनामा शाखा अधिकृत पौडेलसँगै अर्का शाखा अधिकृत हरिप्रसाद गौतम, आठौं तहका भरतराज काफ्ले, भरतमणि बराल, सातौं तहका प्रेमप्रसाद श्रेष्ठ, छौटौं तहका डिल्लीराम बराल, कम्युटर अधिकृत होमनाथ शर्मा, कम्युटर अपरेटरद्वय (करार) झलक पौडेल र मोहनमणि सुवेदी छन् ।
उनीहरूले परीक्षामा सहभागी नै नभएकालाई उतीर्ण गराउने र उतीर्ण भएकालाई अनुतीर्ण गराउने कार्य गरेको आरोपत्रमा उल्लेख छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया