प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि कांग्रेसले सरकारबारे निर्णय लिनुपर्छ : महामन्त्री थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सत्तापक्षमा बस्ने निर्णय गर्नुपर्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनु कांग्रेसले आधिकारिक निर्णय गर्नुपर्ने बताएका हुन् ।
‘चैत ५ मा संसद बैठक बोलाइएको छ । त्यसअघि सरकारमा जाने÷नजानेबारे निर्णय लिनुपर्छ । अबको ५ वर्षका लागि यो सरकारले के दिन्छ ? के कुराको परिवर्तन देखाउँछ भन्ने कुरा ‘डे वान’देखि नै लाग्नुपर्छ’, उनले भने ।
उनले प्रधानमन्त्री र मन्त्रीहरू सरकारमा जानमात्र रस्साकस्सी गर्नेमात्र नभइ के गर्ने भन्नेमा स्पष्ट हुनुपर्ने बताए । प्रचण्डलाई दिएको समर्थन एमाले र राप्रपाले फिर्ता लिएपछि अल्पमतमा रहेका प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले साथ दिएको छ ।
यद्यपि सरकारमा जाने विषयमा उसले आनाकानी गरिरहेको छ । संविधान बमोजिम प्रधानमन्त्री प्रचण्डले चैत ६ वा ७ गते विश्वासको मत लिने तयारी गरेका छन् । तर कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकारमा जाने निर्णय गरेको छ ।
ताजा अपडेट
-
सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ : मुख्य सचेतक बर्तौला
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
प्रतिक्रिया