फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै मलेसिया
काठमाडाैं । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।
फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार आठ सय २४ ले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार तीन सय तीन, संयुक्त अरब इमिरेट्सका लागि नौ हजार सात सय ९५, साउदी अरेबियाका लागि नौ हजार पाँच सय तीन, कुवेतका लागि दुई हजार चार सय ६२, दक्षिण कोरियाका लागि दुई हजार दुई सय २७ र रोमानियका लागि एक हजार ७० जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको सङ्ख्या उल्लेख्य रहेको छ । फागुनमा १३ हजार पाँच सय ८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन् । ४२ हजार सात सय १८ दक्ष, पाँच हजार चार सय ४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया