वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
एजेन्सी । अहिले घर बनाउने जोकोहीले पनि वास्तुशास्त्र अनुसार घर बनाउँछन् । वास्तुशास्त्र अनुसार घर बनाउँदा घर राम्रो हुने जनमानसको विश्वास छ ।
वास्तुशास्त्र अनुसार घरमा कुन दिशामा के हुनुपर्छ भन्नेबारे आफ्नै नियम लागू हुन्छ ।
कुन दिशामा के बनाउने ?
वास्तुका अनुसार घरको मुख्य ढोका पूर्व वा उत्तर दिशामा मात्र हुनुपर्छ । त्यस्तैगरी घरको ढलान पूर्व, उत्तरतर्फ हुनु शुभ मानिन्छ । वास्तु अनुसार घरको कोठा, हल, भान्छा, बाथरूम र शयनकक्ष एक विशेष दिशामा हुनुपर्छ । जसका कारण घरमा वास्तुदोष हुँदैन र मानिसहरु खुसी रहन्छन् भन्ने मान्यता छ ।
पूर्व दिशा
पूर्व दिशा भनेको सूर्योदयको दिशा हो । यस दिशाबाट सकारात्मक र ऊर्जावान किरणहरू हाम्रो घरमा प्रवेश गर्छन् । यदि घरको मुख्य ढोका यस दिशामा छ भने यो राम्रो मानिन्छ । तपाईं यो दिशामा झ्याल पनि राख्न सक्नुहुन्छ ।
पश्चिम
तपाईंको भान्सा वा शौचालय पश्चिम दिशामा हुनुपर्छ । वास्तुअनुसार भान्सा र शौचालय एकअर्काको नजिक हुनु हुँदैन भन्ने मान्यता छ ।
उत्तर
घरको झ्याल र ढोका यस दिशामा अधिकतम संख्यामा हुनुपर्छ । घरको बालकनी र हात बेसिन पनि यही दिशामा हुनुपर्छ भनिन्छ ।
दक्षिण
दक्षिण दिशामा शौचालय हुनुहुँदैन । यस दिशामा ढोका वा झ्याल राख्दा पनि घरमा नकारात्मक उर्जा आउँछ र अक्सिजनको मात्रा पनि कम हुने बताइन्छ । त्यस्तैगरी दक्षिण दिशामा शौचालय या झ्याल ढोका भएमा यसले घरमा त्रास बढाउँछ ।
उत्तरपूर्व
यसलाई ईशान दिशा पनि भनिन्छ । यो दिशा पानीको स्थान हो । यस दिशामा स्विमिङ पुल, पूजास्थल आदि हँदा राम्रो मानिन्छ ।
दक्षिणपूर्व
यसलाई घरको दक्षिणपूर्व कोण भनिन्छ । यो आगो तत्वको दिशा हो। यस दिशामा ग्यास, ट्रान्सफर्मर आदि हुनुपर्छ ।
ताजा अपडेट
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी


प्रतिक्रिया