सगरमाथा जलविद्युत कम्पनीको आजदेखि आइपिओ निष्काशन
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आज (चैत ८ गते) देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९५ अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता जसमध्ये १० प्रतिशत अर्थात ४ लाख ३६ हजार ८ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३ प्रतिशत १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सो आइपीओमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्ममा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया