कालीमाटीमा किसानलाई छुट्याइएका स्टल व्यापारीको कब्जामा
काठमाडौं । बिचौलियालाई निरुत्साहित गर्न कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा सञ्चालनमा ल्याइएका होल्डङ यार्ड (छुट्टै स्टल) व्यापारीलाई दिइएको छ । किसान र उपभोक्ताबीच तह घटाउन ०७७ चैत १८ मा सञ्चालन सुरु गरिएको होल्डिङ यार्ड ०७९ मंसिरमा पुनः व्यापारीलाई दिइएको हो । जीर्ण स्टल मर्मतका नाममा समितिले किसानका यार्ड व्यापारीलाई दिएको हो ।
‘व्यावसायिक किसानले आफ्ना उत्पादन सिधै होलसेलमा बिक्री गर्न सकून् भन्ने अक्सन÷होल्डिङ यार्डको उद्देश्य थियो । उत्पादन सिधै बजारमा आउँदा किसानले मूल्य पाउँछन्, उपभोक्ता मूल्य पनि केही हदसम्म सस्तो हुन्छ,’ समितिका एक व्यापारीले भने, ‘समितिले सुरुमा प्रचारप्रसार नै गरेन । धेरै किसानलाई थाहा नहुँदा उत्साहजनक भएन । त्यसपछि भारतबाट तरकारी ल्याउने व्यापारी र कालीमाटीकै व्यवसायीले स्टल मागेका थिए । स्वार्थ मिलेपछि होल्डिङ यार्ड स्थगनका नाममा व्यापारीलाई ती यार्ड सुम्पियो ।’
किसानको उत्पादन बजारसम्म पुर्याउन समितिका तत्कालीन कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले यार्डको व्यवस्था गरेका थिए । समितिभित्र रहेका करिब ६ सय स्टलमध्ये किसानलाई १४ वटा छुट्याइएको थियो । ती यार्डबाट किसानले सिधै होलसेलमा बेच्न पाउने सुविधा थियो, जसले गर्दा किसानले मूल्य पाउने र उपभोक्तालाई पनि केही राहत हुने अनुमान थियो । तर होल्डिङ यार्डलाई प्रभावकारी बनाउनुको साटो व्यापारीलाई दिइयो । कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया