आइपिओ निष्काशन गर्दै भूगोल इनर्जी, कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले चैत २३ गतेदेखि आइपिओ बिक्रि खुला गर्ने भएको हो ।
कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गर्न लागेको छ । यसमा १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्ताका सर्वसाधारणका लागि खोलिने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले सो आइपिओमा चैत २७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आइपीओको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया