प्याजको रसले नयाँ कपाल वास्तवमै उर्माछ ?
एजेन्सी । कपाल झर्ने र पातलो हुने समस्याबाट अहिले हरकोही पिडीत छन् । कतिपयले यो समस्याबाट छुटकारा पाउन कपालमा प्याजको रस लगाउने गर्छन् । युटुब र गुगलको सहायताले कपालमा प्याजको रस लगाउनेको अहिले एकप्रकारको जमात नै छ । के साँच्चै प्याजको रस कपाल पलाउनका लागि प्रभावकारी छ त ?
अमेरिकन एकेडेमी अफ डर्मेटोलोजीका अनुसार कपाल झर्नु पुरुष र महिला दुबैमा सामान्य अवस्था हो । कपाल झर्ने वा पातलिने सबैभन्दा सामान्य कारण एन्ड्रोजेनेटिक एलोपेसिया भनिने वंशाणुगत अवस्थाले हुन्छ । यसबाहेक केही औषधिको साइड इफेक्ट वा हर्मोनल समस्याका कारण पनि कपालमा यस्तो समस्या आउने गर्छ ।
प्याजको रसमा एलोपेसिया, कपाल चिलाउने समस्या, टाउकोको सुख्खापन, कपाल झर्ने तथा पातलिने समस्या, कपालमा डन्डीफोर तथा चाँया आउने, समयभन्दा अगावै कपाल सेतो हुने तथा नयाँ कपाल उमार्न सक्ने क्षमतासँगै निराकरण भएको विभिन्न अध्ययनले देखाउँछ ।
यद्यपि कपालको पुनरुत्थानको लागि प्याजको रसको प्रयोगबारे व्यापक रूपमा अनुसन्धान गरिएको छैन ।
जर्नल अफ डर्माटोलोजीमा प्रकाशित एउटा सानो अध्ययनले कपालको छालामा प्याजको रस लगाउनाले केही व्यक्तिको कपाल बढ्न मद्दत गर्न सक्छ भनेर उल्लेख गरिएको छ । अध्ययनमा एलोपेसिया एरियाटा भएका सहभागीहरूलाई समावेश गरिएको थियो अनुसन्धानकर्ताहरूले प्याजको रस दिनमा दुई पटक प्रयोग गरेको २ हप्तापछि कपाल बढ्न थालेको पत्ता लगाएका थिए ।
अनुसन्धानकर्ताका अनुसार प्याजको रस कपालमा लगाउनाले यसले जरामा पोषक तत्व उपलब्ध गराएर कपाललाई बलियो बनाउँछ । त्यस्तै, यसले कपाल झर्ने समस्यालाई पनि धेरै हदसम्म कम गर्ने गर्छ । प्याजमा पाइने सल्फरले कपाललाई बढाउने तथा नयाँ कपाल उमार्न मद्त गर्छ । इन्जाइम र प्रोटिनको पर्याप्त उत्पादनको लागि सल्फर आवश्यक मानिन्छ । यसले कपालाई जरैदेखि पोषण प्रदान गर्छ ।
कपालको वृद्धि र कन्डिसनिङका लागि प्याजको रस प्रयोग गर्दा कतिपयलाई फाइदा हुने भए पनि सबैका लागि फाइदाजनक नहुन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया