पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ,
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय कर्पोरेसनबाट मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पनि मूल्य समायोजन गरेको हो ।
नेपाल आयल निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले
निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा समान १० रूपैयाँ र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घट गर्ने निर्णय लिएको छ ।
निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार, पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टितेलको बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ ।
“निगमले सरकारको ऋण र इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिब रु १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवं सरल ढङ्गबाट पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया