पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ,
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय कर्पोरेसनबाट मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पनि मूल्य समायोजन गरेको हो ।
नेपाल आयल निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले
निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा समान १० रूपैयाँ र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घट गर्ने निर्णय लिएको छ ।
निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार, पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टितेलको बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ ।
“निगमले सरकारको ऋण र इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिब रु १४ अर्ब बाँकी रहेको अवस्थासमेतमा आमउपभोक्तालाई सहज एवं सरल ढङ्गबाट पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यवस्था मिलाउँदै आइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया