यस्तो छ जुत्ताको दुर्गन्ध हटाउने अचुक उपाय
एजेन्सी । दिनभर जुत्ता र मोजा लगाउनाले खुट्टाबाट दुर्गन्ध आउनु एक सामान्य समस्या हो। सामान्यतया महिलाभन्दा पुरुष यो समस्याबाट अत्यधिक प्रभावित भएका हुन्छन् ।
यस्तो समस्या हुनुको एउटा कारण लामो समयसम्म नधोएको जुत्ता लगाउनु हो । त्यस्तै, कोही व्यक्तिको खुट्टामा अत्यधिक पसिना आउने समस्या हुन्छ । यस्तो समस्यामा पनि दुर्गन्ध आउँछ । जुत्ताबाट गन्ध आउनुको कारण पसिनाबाट निस्कने नमी हो । त्यसैले जुत्ता खोलेर बन्द ठाउँमा राख्नु हुँदैन । सबैभन्दा राम्रो उपाय भनेको जुत्ता र मोजालाई भिजाएर केही समय घाममा वा हावा चल्ने ठाउँमा राख्नु हो। यसले गन्ध स्वतः हट्छ ।
यसैगरी, भेनेगरको प्रयोगले पनि यसबाट गन्ध हट्छ । भेनेगरमा माइल्ड एसिड हुन्छ । जसले दुर्गन्धलाई हटाउनुसँगै लामो समयसम्म यो समस्या आउन दिँदैन् । बेकिङ सोडा पनि दुर्गन्ध हटाउने उपयुक्त विकल्प हो । एउटा सुतीको कपडामा दुई चम्चा सोडा हालेर जुत्तामा राख्नुहोस् । बिहान यसबाट सबै गन्ध गायब हुनेछ ।
अमिलो फलफूलमा गन्ध भगाउने प्राकृतिक तत्व हुन्छ । त्यसैले यसको लागि तपाई कागती वा सुन्तलाको पनि प्रयोग गर्नसक्नुहन्छ । राति यसको बोक्रा जुत्तामा राखेर छाडिदिनुपर्छ । यसले बिहानीपख जुत्ताबाट गन्ह हटाइ जुत्तालाई फ्रेस बनाउँछ । अर्को प्रभावकारी सुतीको मोजा हो । यसले खुट्टाको पसिना राम्ररी सोस्छ र पसिनालाई जुत्तासम्म पुुग्न दिँदैन् ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया