पर्वतारोहण संघकाे निर्वाचन जेठ तेस्रो साता
काठमाडाैं । नेपाल पर्वतारोहण संघको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ ।
संघको आज भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । संघका महासचिव कुलबहादुर गुरुङ अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न संघको विधान बमोजिम तीन सदस्यीय निर्वाचन आयोगसमेत गठन गरिएको छ ।
उक्त आयोगमा अधिवक्ता डा. गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहेका छन् । साथै, सङ्घले यही चैत ९ गते आयोजना हुन गइरहेको ३१औँ वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत पर्वतारोहण संघ नेपालको एक मात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया