विषयगत समितिको नेतृत्व चयन गर्न माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार बस्दै छ ।
संसदीय समितिको नेतृत्वको चयनका लागि बैठक बस्न लागेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार बैठक मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकले समितिमा बस्ने नेताहरूको नाम टुंग्याउने छ ।
सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठकले विषयगत समितिलाई छिटो टुंगो लगाउने निर्णय गरेको थियो।
समितिमा रहनेहरूको नाम दलहरूले एक–दुई दिनभित्रै बुझाउने तयारी गरेका छन्।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया