विषयगत समितिको नेतृत्व चयन गर्न माओवादी संसदीय दलको बैठक बस्दै
काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार बस्दै छ ।
संसदीय समितिको नेतृत्वको चयनका लागि बैठक बस्न लागेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार बैठक मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकले समितिमा बस्ने नेताहरूको नाम टुंग्याउने छ ।
सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठकले विषयगत समितिलाई छिटो टुंगो लगाउने निर्णय गरेको थियो।
समितिमा रहनेहरूको नाम दलहरूले एक–दुई दिनभित्रै बुझाउने तयारी गरेका छन्।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया