इएल क्लासिकोमा रियल र बार्सिलोना भिड्दै

काठमाडौं । बहुचर्चित इएल क्लासिकोमा आज राति रियल म्याड्रिड र बार्सिलोना आज राति भिड्दैछन् । आज राति पौने २ बजे रियलको मैदानमा बार्सासँग खेल हुन लागेको हो । क्लासिकोको अहिलेसम्मका १८३ म्याचमा रियलले ७६ र बार्सिलोनाले ७२ खेलमा जित निकालेका छन् ।
पछिल्ला ५ म्याचमा बार्सिलोनाले चार खेलमा पराजय बेहोरेको छ । एक खेलमा बराबरी भएको छ । यसै सिजनको पहिलो लेगमा पनि रियलले २-१ गोलले जितेको थियो ।
स्पेनिस ला लिगामा २८ खेलबाट रियलको ६६ अंक भएको छ । सेभिल्लाको २८ खेलबाट ५६ अंक छ । एट्लेटिको म्याड्रिडको २९ खेलबाट ५४ अंक छ । बार्सिलोनाको २७ खेलबाट ५४ अंक छ । जाभी प्रशिक्षक भए आएयता यो पहिलो इएल क्लासिको हो ।
ताजा अपडेट
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
प्रतिक्रिया