इएल क्लासिकोमा रियल र बार्सिलोना भिड्दै
काठमाडौं । बहुचर्चित इएल क्लासिकोमा आज राति रियल म्याड्रिड र बार्सिलोना आज राति भिड्दैछन् । आज राति पौने २ बजे रियलको मैदानमा बार्सासँग खेल हुन लागेको हो । क्लासिकोको अहिलेसम्मका १८३ म्याचमा रियलले ७६ र बार्सिलोनाले ७२ खेलमा जित निकालेका छन् ।
पछिल्ला ५ म्याचमा बार्सिलोनाले चार खेलमा पराजय बेहोरेको छ । एक खेलमा बराबरी भएको छ । यसै सिजनको पहिलो लेगमा पनि रियलले २-१ गोलले जितेको थियो ।
स्पेनिस ला लिगामा २८ खेलबाट रियलको ६६ अंक भएको छ । सेभिल्लाको २८ खेलबाट ५६ अंक छ । एट्लेटिको म्याड्रिडको २९ खेलबाट ५४ अंक छ । बार्सिलोनाको २७ खेलबाट ५४ अंक छ । जाभी प्रशिक्षक भए आएयता यो पहिलो इएल क्लासिको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया