बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
काठमाडौं । यहि वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सुचना जारी गर्दै दुई दिन बालबालिकालाई औषधी खुवाइने जनाएको हो । मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने छ ।
मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत औषधी खुवाउन आग्रहसमेत गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया