बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । यहि वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सुचना जारी गर्दै दुई दिन बालबालिकालाई औषधी खुवाइने जनाएको हो । मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने छ ।
मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत औषधी खुवाउन आग्रहसमेत गरेको छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया