आफूलाई कांग्रेस हुँ भन्नेले चितवन–२ मा दायाँबायाँ गर्ने छुट छैन : महामन्त्री थापा
काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले लोकरिझ्याईको राजनीतिबाट प्रभावित नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
सोमबार चितवन–२ को कालिकामा चुनावी सभालाई सम्बोधन गर्दै उनले वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा लोकरिझ्याइँको राजनीति गर्नेलाई नभई देशका समस्याको समाधान गर्ने व्यक्तिले जित्नुपर्ने बताए ।
चितवन–२ को मतपरिणामले राष्ट्रिय राजनीतिको अहिलेको समिकरणमा कुनै असर नपार्ने भए पनि त्यसले एउटा सन्देश भने दिने उनलेको भनाइ थियो ।
‘देशको अवस्था ठिक छैन, बिरामी छ। यसलाई निको बनाएर अघि बढ्ने हो त्यसका लागि प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्ने हो, मद्दत गर्नुपर्ने ठाउँमा मद्दत गर्ने हो । तर, लोकरिझ्याइँको राजनीतिबाट प्रभावित भएर सिंगो प्रणाली र परिवर्तनमाथि प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनु पर्छ’, थापाले भने ।
आफूलाई कांग्रेस हुँ भन्नेले चितवन–२ मा दायाँबायाँ गर्ने छुट नभएकाे भन्दै उनले कांग्रेसका उम्मेदवार जितनारायणलाई जितेर गएपछि मिलेर कांग्रेस सुधारको अभियानमा लाग्ने बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया