गर्मीमा घामबाट आएर सिधै फ्रिजको पानी पिउनुहुन्छ ? घातक हुनसक्छ
एजेन्सी । गर्मीमा उच्च तापक्रम हुन्छ । जसले गर्दा हामी बाहिर घामबाट आएका छौं भने फ्रिजको चिसो पानी पिउने गर्छौं । यसले गर्मीबाट केही क्षणका लागि राहत त दिन्छ तर स्वास्थ्यमा भने गम्भीर असर पुर्याउँछ । आयुर्वेदमा अत्यधिक चिसो पानी स्वास्थ्यका लागि हानिकारक हुने बताइएको छ ।
घामबाट आउँदा, शारीरिक व्यायाम गरेर तथा खाना खाएपछि यसरी फ्रिजको पानी पिउँदा यसले शरीरमा गम्भीर समस्या ल्याउँछ ।
पाचन प्रणालीमा प्रभाव
गर्मीमा फ्रिजको अत्यधिक चिसो पानी पिउँदा यसले पाचन प्रक्रियालाई सुस्त बनाउनुका साथै अपचको समस्या गराउँछ । चिसो पानीले पेटमा असर गर्छ । अनुसन्धानका अनुसार चिसो पानीले रक्तनलीलाई खुम्चाउँछ, जसले पाचन सम्बन्धी समस्या निम्त्याउँछ ।
घाँटीमा समस्या
चिसो कुराले क्षणमै घाँटीमा समस्या पैदा हुन्छ । यसले घाँटी दुख्ने समस्या ल्याउँछ । त्यस्तै खाना खाएपछि चिसो पानी पिउने हो भने म्यूकस बन्न थाल्छ र श्वासप्रश्वासको बाटो अवरुद्ध हुन्छ । जसले घाँटी दुख्नुका साथै घाँटी सुन्निन पनि सक्छ ।
मुटुको चालमा असर
चिसो पानीले मुटुको धड्कन पनि कम गर्न सक्छ । एक अध्ययनका अनुसार फ्रिजको चिसो पानी बढी पिउनाले दशौं क्रेनियल नर्भ उत्तेजित हुन्छ । यसले शरीरको अनैच्छिक कार्यहरू नियन्त्रण गर्ने काम गर्दछ। कम तापक्रमको पानीको असर सिधै नर्भमा पर्छ, जसका कारण मुटुको धड्कन घट्छ।
टाउको दुखाई
बाहिरको घामबाट आएर तुरुन्त चिसो पानी पिउँदा यसले बे्रन फ्रीज हुन सक्छ । यसले मस्तिष्कमा असर पुयाउँछ र टाउको दुख्ने समस्यालाई बढाउँछ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया