सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीद्वारा मनाङ पराजित
काठमाडौं ।सहिद स्मारक ‘ए’ डिभिजनलिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै विजयी भएको हो ।
आर्मीको जितमा सुदिल राईले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै आर्मीको लागि निरनायक गोल सवित भयो । जगजितको फ्रिकिकमा मनाङका डिफेन्डर जीवन गुरुङले रोकेपछि आएको रिबाउन्ड बललाई सदुपयोग गर्दै सुदिलले गोल गरेका हुन् ।
यस जितसँगै आर्मीले १० खेलमा १५ अङ्क जोडेको छ । आर्मी चौथो स्थानमा उक्लिएको छ । समान १० खेल खेलेको मनाङको १५ अङ्क छ । समान अङ्क भए पनि मनाङको गोलअन्तरको आधारमा पाँचौँ स्थानमा झ–यो ।
यसैगरी आजै भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले एफसी खुमलटार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । एनआरटीको जितमा सरोज तामाङ, सन्जीव विष्ट र मोहित गुरुङले समान एक एक गोल गरे ।
यता खुमलटारका लागि श्यामु मुर्मुले एक गोल फर्काए । यस जितसँगै १० खेलमा एनआरटीले १० अङ्क जोडेर दशौँ स्थानमा उक्लेको छ । यस्तै समान १० खेल नै खेलेको खुमलटार १० अङ्क जोडेर ११ औँ स्थानमा झरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया