आचारसंहिता उल्लंघनको आरोपमा रविमाथि प्रतिस्पर्धीको उजुरी
काठमाडौं। चितवन– २ को उपनिर्वाचनका क्रममा आइतबार रास्वपाका सभापति रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै प्रतिस्पर्धीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।
कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले कार्यालयमा पुगेर उजुरी दिएका हुन् । बिहानैदेखि तनावग्रस्त रहेको भोजडस्थित नयाँकिरण मावि मतदान केन्द्रमा विवाद पछि केहीबेरा मतदान स्थगित भएको थियो ।
स्थगित रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले स्थगित मतदान सुचारू गराउन सहमत भएपछि पुनः मतदान भएको हो ।
उजुरीमा रवि र उनको दल रास्वपाले निर्वाचन आचारसंहिताविपरित मतदानस्थलमा हुलहिज्जत गरेको, प्रशासनको ठाडो आदेशमा मतदाता र प्रतिनिधिमाथि बल प्रयोग गरेको लगायत आरोप छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया