सिंहदरबार र राष्ट्रपति निवासको फोहर भोलिबाट उठ्ने
काठमाडौं । सिंहदरबार र राष्ट्रपति निवासको फोहर भोलिबाट उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको ठाडो निर्देशनमा लामो समयदेखि नउठेको फोहर भोलिबाट उठ्ने भएको हो ।
शुक्रबार सर्वोच्च अदालतले फोहर उठाउन अन्तरिम आदेश दिएसँगै मंगलबारबाट फोहर उठाउन लागिएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
शाहले विभिन्न मन्त्रालयसँग सम्बद्ध मागहरू अघि सार्दै फोहर नउठाएर विद्रोह गरेका थिए । यसको लागि उनले लिएको वार्ताको अडान पनि सर्वोच्चको आदेशसँगै असफल भएको छ । महानगरसँग समन्वय गर्न मन्त्रायहरूले आनाकानी गरेको विषयमा मेयर बालेनले प्रधानमन्त्रीस्तरीय वार्ता गर्ने अडान लिएका थिए । तर सरकारसँगको वार्ताबारे भने हालसम्म टुंगो नलागेको मानन्धरले जानकारी दिए ।
मेयर शाहको निर्देशनका विरूद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठल रिट निवेदन दायर गरेका थिए । यसमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चलाई बालेनको प्रतिप्रश्न – संघले चाहीं आदेश पालना गर्नुपर्दैन ?
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया